निर्मला पन्तको घटना अनुसन्धान निष्कर्षमा पुर्‍याउन मानव अधिकार आयोगको निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन सरकारलाई पत्राचार गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्राचार गर्दै आयोगले २०७५ माघ १३ गते आयोगले बुझाएको सिफारिस एवं निर्देशनलाई समेत ध्यानमा राखेर निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनालाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको घटनाको मानव अधिकार आयोगबाट खटिएको विज्ञ टोलीले सुझावसहित २०७५ माघ १३ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

Navadurga sun
Godawari sandesh

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ११ पुसमा पदभार ग्रहण गरेपछि निर्मला पन्तको घटनाको अनुसन्धान अघि बढाउने निर्णय गरेका थिए । आयोगले विगत केही वर्षदेखि बलात्कार तथा यौनजन्य हिंसाका घटनामा वृद्धि हुँदै गएको भन्दै बलात्कार तथा यौनजन्य हिंसालाई सम्बोधन गर्न द्रुत अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै सातै प्रदेशका प्रादेशिक अस्पतालहरुमा दक्ष जनशक्तिसहित स्रोत, साधन सम्पन्न विधि विज्ञान प्रयोगशाला (फरेन्सिक ल्याब) शीघ्र स्थापना गनै पनि आयोगले सरकारलाई आग्रह गरेको छ । आयोगले महिला तथा यौनिक अल्पसंख्यकमाथि हुने गरेका हिंसाका घटनाहरुको उजुरी उपर तत्कालै सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

Loading...