एमालेसँग एकता हुँदैन : माधवकुमार नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समय आएपछि सरकारका विषयमा आवश्यक निर्णय गर्ने बताएका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने बताएका हुन्।

Dadeldhura hospital

उनले प्रधानमन्त्री प्रचण्डसँग पनि यस विषयमा कुराकानी भएको तर सरकारको कार्यक्रम कस्तो आउँछ भन्ने हेर्न बाँकी रहेको धारणा राखे।

Navadurga sun
Godawari sandesh

त्यस्तै अध्यक्ष नेपालले अहिले विचार मिल्नेसँग एकताका लागि पहल सुरु गरिएको भन्दै एमालेसँग भने अहिलेको अवस्थामा एकता हुन नसक्ने स्पष्ट पारे। उनले पार्टी एकताका लागि जसपा लगाएतका दलसँग छलफल भइरहेको जानकारी पनि दिए।

Loading...