पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौँ- पाँचदलीय गठबन्धन टुट्दा सत्ता गुमाएको नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। सरकारबाट बाहिरिएपछि कांग्रेसले पहिलोपटक पत्रकार सम्मलेन गर्न लागेको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी प्रवक्ता प्रकाशशरण महतले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय (सानेपा) मा पत्रकार सम्मेलन गर्ने भएका हुन्।

Navadurga sun

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेका पाँच दल सरकार बनाउने बेला छिन्नभिन्न भएपछि अचानक कांग्रेस प्रतिपक्ष बन्न पुगेको हो। सत्ताबाट बाहिरिएपछि कांग्रेसले पहिलोपटक पत्रकार सम्मेलन गर्न लागेको हो।

गठबन्धन जोगाउन नसकेको भन्दै कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको आलोचना भइरहेको छ। प्रतिनिधि सभामा सबैभन्दा बढी ८९ सिट जितेर पनि कांग्रेस सत्ता बाहिर रहेको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...