जनयुद्धका घाइते अपागं संरक्षण मञ्चले वन अतिक्रमण गरी भवन निर्माणकाे समाचारलाई खण्डन गरी प्रेस विज्ञप्ति निकाल्याे




अत्तरिया, १० जेठ– कैलालीको अत्तरीयामा रहेको जनयुद्धका घाइते अपागं संरक्षण मञ्च संस्थाले बन अतीक्रमण गरी संस्थाको भवन निर्माण भैरहेको भन्ने बिषयमा फैलिरहेको समाचारको खण्डन गरेको छ ।



सोमबार प्रेस बिज्ञप्ती जारी गर्दै संस्थाले बन अतीक्रमण गरी भवन निर्माण गरीएको बिषयमा आएका समाचारहरु प्रती खण्डन गरेको हो । संस्थाका सचिव जय बहादुर धामी द्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा “प्रदेश सरकार शहरी विकाश तथा भवन निर्माण कार्यालय अन्तर्गत रहि जनयुद्धका घाइते अपागं संरक्षण मञ्च संस्था समिति मार्फत काम हुदा केहि समाजमा राम्रो काम देख्न नसक्ने आफु भए सबै थोक हुने नभए केहि होइन जस्ता ब्यक्तीहरुले रिसले मिडियावाजी वदनियत गराउन निच सोचका साथै बिभीन्न सम्बन्धीत कार्यालयहरुलाइ जोडी सामुदायीक बन, इलाका वन कार्यालय, शहरी विकाश तथा भवन निर्माण कार्यालयका कर्मचारीहरुलाइ धम्काइ काम रोक्न गरीएको मिडियावाजीको घोर भत्र्सना गर्दै गम्भीर ध्यानाकर्षण भएको छ भनी उल्लेख गरीएको छ” ।


कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी सामुदायीक बनभित्र संस्थाको पक्की संरचना निर्माण थालिए पछि संस्थाले बन अतीक्रमण गरेको बिषयमा समाचारहरु आइरहेका छन् ।



