जसपासँग एकताका लागि छलफल भइरहेको छ: जगन्नाथ खतिवडा

काठमाडौं- नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकता गर्न छलफल भएको छ।एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग आफूहरू छलफलमा रहेको पत्रकारहरूलाई बताए।

Dadeldhura hospital

एकीकृत समाजवादीको आज पोलिटब्यूरो बैठक चलिरहेको छ। केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले जसपासँग छलफल भइरहेको बताए।

Navadurga sun
Godawari sandesh

जसपा प्रवक्ता मनिष सुमनले एकीकृत समाजवादीसँग एकताका लागि छलफल गरेको प्रतिक्रिया दिएको उल्लेख गर्दै पत्रकारले सोधेको प्रश्नमा एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले भने, ‘उहाँले कति राम्रो कुरा गर्नुभएछ। एकता भए आश्चर्य नमान्नु होला भनेको मानसिकता बनाइराख्नु भनेको हो, हामी छलफलमै छौं।’

प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० र जसपाका १२ जना सां‌सद छन्। एकीकृत समाजवादीले अहिलेको सरकारलाई समर्थन गर्ने वा नगर्ने तथा पार्टीका भावी रणनीतिबारे पोलिटब्यूरो बैठकमा छलफल गरिरहेको छ। शनिबार र आइतबार उक्त पार्टीको स्थायी कमिटी बैठक पनि बसेको थियो।

Loading...