निर्मला पन्तको हत्याको अनुसन्धान पुनः सुरु

काठमाडौँ- कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखाममा चार वर्षअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धान प्रहरीले पुनः सुरु गरेको छ। २०७५ साउन १० मा भएको सो घटनाको विभिन्न कोणबाट अनुसन्धान भए पनि अझैसम्म अपराध गर्नेको सुइँकोसमेत प्रहरीले पाएको छैन।

Ganyapdhura gau

अनुसन्धानलाई निष्कर्षमा पुयाउने उद्देश्यले प्रहरी प्रधान कार्यालयले शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन गरेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहणका क्रममा पहिलो निर्णय गर्दै निर्मला पन्तको हत्या अनुसन्धान निष्कर्षमा पुयाउन अधिकतम प्रयत्न गर्ने र दोषीलाई कानुनी दायरामा ल्याउने बताएका थिए । मन्त्री लामिछानेको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले शुक्रबार अनुसन्धान टोली गठन गरेको थियो।

अनुसन्धान टोलीमा सीआईबीमा कार्यरत प्रहरी उपरीक्षक कमल थापा, नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी उपरीक्षक तथा मनोचिकित्सक डा. राजेश दत्त, सीआईबीकै प्रहरी निरीक्षक धीरेन्द्र रोकाया तथा प्रहरी सहायक निरीक्षक दुर्गाकुमार योन्जन रहनुभएको छ। उक्त टोलीले विगतमा भएका अनुसन्धान र त्यस क्रममा फेला परेका प्रमाणको पुनः विश्लेषण तथा घटनास्थलबाट थप प्रमाण सङ्कलन गर्न सुरु गरेको हो।

प्रहरी उपरीक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा गठन भएको अनुसन्धान टोलीले आफ्नो काम सुरु गरेको जानकारी दिनुभयो।थापाका अनुसार विज्ञसहितको टोलीलाई दुई समूहमा विभाजन गरी घटनास्थलबाट थप प्रमाण सङ्कलन गर्ने र यसअघि भएका अनुसन्धानको पुनः प्रमाणीकरण गर्ने काम सुरु भएको छ।

अनुसन्धान टोलीका एक अधिकारीका अनुसार विगतमा सङ्कलन प्रमाणबाट अनुसन्धान टुङ्गोमा पु(याउने र त्यसो हुन नसके नयाँ शिराबाट घटनाको अनुसन्धान गरी निष्कर्षमा पु याउने गरी टोली परिचालन गरिएको छ।

 

Loading...