बझाङको मष्टामा पाँच करोड लागतमा दुई पार्क बन्दै

बझाङ- मष्टा गाउँपालिका– ७ दयमा ५ करोडको लगानीमा दुईवटा पार्क निर्माण सुरु गरिएको छ। मालिका पर्यटन क्षेत्र विकास समितिले मष्टा–७ स्थित दयमा रहेको ७० रोपनी जग्गामा जयपृथ्वी स्मृति पार्क र कलश पार्क निर्माणको काम अगाडि बढाएको हो। गौमुखी (गाईको जस्तो मुख भएका) धारा, ऋषिपञ्च धारा र १०५ वटा कलशसहितको पार्क निर्माण गर्न लागेको हो।

Dadeldhura hospital

गत आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट प्राप्त ३ करोड ५० लाख र गाउँपालिकाबाट एक करोड ५० लाख गरी पाँच लाख बजेटमा अहिले निर्माण सुरु गरिएको मालिका पर्यटन क्षेत्र विकास समितिका सचिव ईश्वर दवालले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

दुवै पार्क निर्माणको ठेक्का जागृति निर्माण सेवाले पाएको छ। ‘पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी काम अघि बढाइएको छ’, उनले भने, ‘यो वर्ष नै कलश पार्क सञ्चालनमा ल्याउने गरी काम गर्न निर्माण कम्पनीलाई ठेक्का दिइएको हो।’

सचिव दवालका अनुसार दुई चरणमा सम्पन्न गरिने योजनासहितका पार्क क्षेत्रभित्र पोखरी फोटो जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पट, भलिबल, ब्याडमिण्टन मैदान, सम्झनाको घरलगायत संरचना निर्माण गरिने भएको छ।

Loading...