सुदूरपश्चिममा आजदेखि ६ दिनसम्म विद्यत् सेवा अनियमित हुने

Dadeldhura hospital

बझाङ- सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा आजदेखि ६ दिनसम्म विद्युत् सेवा अनियमित हुने भएको छ। अत्तरिया ग्रिड शाखाअन्तर्गत स्याउले अत्तरिया १३२ केभी प्रसारण लाइनको मर्मत सम्भारको काम गर्नुपर्ने भएपछि आजदेखि विद्युत् सेवा अनियमित हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड शाखाले एक सूचना जारी गर्दै कैलालीको गोदावरी नगरपालिका ४ भ्यागुतेपानीमा रहेका टावर नं ३७७ को कन्डक्टर स्ट्रिनिङ र ३४६ को टावर भत्काउने, पुनः निर्माण र कन्डक्टर रिस्ट्रिनिङ तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले विभिन्न क्षेत्रमा विद्युत् अनियमित हुन लागेको नेपाल विधुत् प्राधिकरण अतरिया ग्रिड शाखाले जनाएको छ। आजदेखि यही पुस १५ गतेसम्म विद्युत् सप्लाई अनियमित हुन सक्ने जारी सूचनामा उल्लेख गरिएको छ।

Navadurga sun
Godawari sandesh
Loading...