सरकारमा जाने नजाने छलफलमै छौं : रवि लामिछाने

Dadeldhura hospital

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको परिस्थितिलाई नजिकबाट हेरिरहेको बताएका छन् ।निर्वाचन आयोगले सोमबार राखेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका नेता समेत रहेका लामिछानेले मुद्दा सम्बोधन हुने निश्चितताका आधारमा सरकारमा जाने नजाने निर्णय गर्ने बताए ।

उनले भने, ‘हाम्रो एजेण्डा सम्बोधन हुने अवस्था आया भने एउटा अवस्था होला, नभए सरकारमा जानका लागि जानुको अर्थ हुँदैन भनेर छलफलमा छौं ।’ मुलुक अनिर्णयको बन्दी बन्न नहुने उनले बताए । आफूहरुको सहभागिता विना सरकार नै नबन्ने अवस्था नरहेको, तर सहज हुनसक्ने भन्दै उनले भने, ‘हामी छलफलको क्रममा छौं र यसलाई तीव्र बनाएका छौं ।’

 

Navadurga sun
Godawari sandesh
Loading...