कञ्चनपुरका एकजना बैङ्लोरमा मृत फेला

कञ्चनपुर- भारतको बैङ्लोर घुम्न गएका भीमदत्त नगरपालिका–१९ बागफाँटाका हेमराज अवस्थी मृत फेला परेका छन्। बुधबार राति बैङ्लोरस्थित सडकमा उनको शव सडकमा भेटिएको आफन्तले बताए। नेकपा एमालेका वडा कमिटी सदस्यसमेत रहेका करिब ४० वर्षीय अवस्थी एक साताअघि ठूलो बुबाको छोरा (दाजु) सँग बैङ्लोर गएका थिए। दाजु त्यहीँ जागिरमा छन्।

उनका काका नाता पर्ने एमालेका नेता जनकराज अवस्थीका अनुसार बैङलोरस्थित दाजुको घरबाट साँझ घुम्न निस्किएका उनको शव फेला परेको हो। मृत्युको कारण भने खुलेको छैन। शव घर ल्याउन प्रक्रिया सुरु गरिएको छ। पूर्व नेपाली सैनिक अवस्थी बागफाँटास्थित घरमै बसेर एमालेको राजनीतिमा सक्रिय थिए।

ADD Khali jpg
Loading...