धनगढीमा एक युवती मृत फेला

कैलाली- धनगढीमा एक युवती मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका–६ को जालीमा शुक्रबार बिहान २१ वर्षीया युवती मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत फेला पर्नेमा अस्मिता साउद रहेकी छन्।

Dadeldhura hospital

उनी यहाँ दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका ६ घर भएर दिदीको घरमा बस्दै आएकी साउद मृत भेटिएको पुष्टि गरे।

Navadurga sun
Godawari sandesh

उनकाअनुसार भान्छा कोठामा बिहान साढे ५ बजे उनी मृत भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी टोली घटनास्थल पुगेको छ भने घोडाघोडीबाट मृतकका आफन्तलाई बोलाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Loading...