दार्चुलामा भीरबाट खसेर दुई जनाको मृत्यु

दार्चुला- दार्चुलाका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार लाली बजारतर्फ जाने क्रममा भिरबाट लडेर ऐरी दुई सय मिटर तल महाकाली नदीमा खस्नुभएको थियो। बुधबार बिहान ११ बजेतिर महाकाली नगरपालिका–३ का ३१ वर्षीय वीरसिंह भण्डारीको पनि भिरबाट लडेर मृत्यु भएको छ।

Navadurga sun
Godawari sandesh

हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर उहाँ कल्चौँडे खोलामा खसेको प्रहरी निरीक्षक शाहीले बताए। भण्डारीको घटनास्थलमै मृत्यु भएको छ। उहाँ पसलको डिलमा बसेर घाम तापिरहेका बेला भीरमा खसेको पारिवारिक स्रोतले जनाएको छ।

दार्चुलामा हरेक वर्ष भीरबाट लडेर धेरैले अल्पायुमै ज्यान गुमाउँदै आएका छन्। भीरबाट लड्नुको प्रमुख कारण अप्ठ्यारो जोखिमपूर्ण बाटो र मदिरा सेवन रहेको प्रहरीको भनाइ छ।

 

Loading...