दार्चुलाका बिष्ट हत्या आरोपित सार्वजनिक

दार्चुला- दार्चुलाका नरसिंह विष्ट हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्लाको ब्याँस गाउँपालिका–४ का २५ वर्षीय दीपक विष्ट छन् । विष्टलाई प्रहरीले आइतबार पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो । ब्याँस गाउँपालिका–४, डोकटका नरसिंह विष्टको ३ मंसिरमा हत्या भएको थियो । उनको शव ४ मंसिरमा फेला परेको थियो । विष्टको शरीरभरि चोटपटक लागेको अवस्थामा शव फेला परेको थियो ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी तर्कराज पाण्डेयका अनुसार २५ वर्षीय दीपकले नरसिंह विष्टको हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीको अनुसन्धानबाट ३ मंसिरको राति १० बजे मृतक विष्ट र दीपक दुवैले मादक पदार्थ सेवन गरेको अवस्थामा घरनजिकै भेट भएको र विवाद हुँदा ढुंगाले हानेर हत्या गरेको खुलेको छ । हत्यालगत्तै दीपकले नरसिंह विष्टको शवलाई करिब २ सय मिटर घिसारेर गोदरा खोलामा फालेको खुलेको छ ।

Navadurga sun
Godawari sandesh

पक्राउ परेका विष्टमाथि ज्यान मुद्दामा जिल्ला अदालत दार्चुलबाट म्याद थप गरेर अनुसन्धान जारी राखेको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खलंगामा राखिएको छ । विष्टका आफन्तले भने दोषीलाई कानुनी कारबाही नभएसम्म शव अस्पतालबाट नउठाउने अड्डी कसेका छन् ।

 

Couple
Loading...