अत्तरिया- कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले शुभकामना आदान-प्रदान तथा “प्रतिभा” बार्षिक मुखपत्र पुस्तक विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।






प्रतिभा सामुदायिक पुस्तकालयले शुभ दिपावली, छठ पर्व २०७९ तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्म-जयन्तीको शुभ अवसरमा पारेर शुभकामना आदान-प्रदान तथा संस्थाको वार्षिक मुखपत्र प्रतिभा अङ्क-३ को पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको हो ।





