अत्तरिया- नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले राष्ट्र बचाउने जिम्मा एमालेको काधमा आएको बताएका छन । गोदावरी नगरपालिका वडा नम्वर ४ गोदावरीमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उनले गठबन्धनका नाममा राट्र र राष्ट्रियता बेच्न लागिरहेको बताएका हुन ।


उनले नागरिकता बिधयक पास गरेर विदेशी महिलालाई सिन्दुर हालेर नागरिकता बेच्ने काम गरेको बताए । राष्ट्रपतिले नागरिकता बिधयक रोकेर राष्ट्रियता बचाएको बताउदै उनले गठबन्धन सरकारका नेता कार्यकर्ताले राष्ट्रियता बचाउदा उल्टै राष्ट्रपतिलाई तथानाम गालि गरको बताए ।


उनले एमालेको सरकारले कोरोना संक्रमणका बेला नागरिकको जिवन रक्षाका लागि महत्वपुणर् भुमिका खेलेको बताए । अन्य देशका भन्दा कम मृत्यु दर कम रहको बताउदै उनले अक्सिजन र औषधि उचित प्रबन्ध गरेका कारण कम भएको बताए ।

उनले गोदावरी क्षेत्रमा राजधानि बनाउनु साथै धार्मिक पर्यटकीय क्षेत्र बनाउनु पर्ने बताए । गोदावरी धामको बिकासका लागि डिपिआर बनाउने काम भईरहेको बताउदै उनले राजधानी निर्माण मुख्यमन्त्री र केहीअरु नेताको स्वार्थका कारण नबनेको बताए । उनले गोदावरी क्षेत्रमा रहेको बिद्युत, खानेपानी र तटबन्ध लागि पहल गरेको बताए । खानेपानी ब्यबस्थापनका लागि गोदावरी नदीमा डिपिआरका बनाएर अगाढी बढीरहेको बताउदै उनले गठबन्धन सरकारले विभिन्न वाहाना रोकेको बताए ।
यस्तै क्षेत्र नम्वर ४ प्रदेश (ख) का उमेदवार हरि सिह साउदले नेकपाको सरकार हुदा बिकासको लहर छाएको बताए । उनले एमालेले गरेको बिकास गरेको देखेर गठबन्धन सरकार अत्तालिएको र गौरवका योजनाहरु बन्द गरेको बताए । उनले कुनै बेला गोदावरीमा राजधानी चाहियो भन्दै आन्दोलन गर्नेहरु अहिले आएर डोटी लैजान्छु भन्नेहरुका पछि लागेको बताए। उनले कैलाली क्षेत्र नम्वर ३ बाहिरबाट चुनाव लड्न आएकाहरु बिकास गर्न नभई राजधानी लैजान र बिकासमा पछाडी पार्न आएको बताए ।
उनले प्रधानमन्त्री शेर बहादुर देउवाले बनेको संरचनालाई भग्नावसेस बनाएर डडेल्धुरामा मेडिकल कलेज घोषणा गरेको आरोप लगाए । उनले गोदावरी नगरपालिकामा वडा नम्वर ५ मा बनेका संरचनालाई उपयोगमा लगाएर मात्र अरु ठाउमा घोषणा गर्न अनुरोध गरेका छन् ।
नकेपा एमालेको सरकार भएका बेला जनपक्षिय काम भएको बताउदै उनले गठबन्धन सरकारले महगिले जनताको ढास सेकाउने काम गरेको बताए । उनले गठबन्धन सरकारले आफ्ना नेता र कार्यकतालाई पक्षपोषण गर्ने काम गरेको समेत बताए ।