चार सय तेइस जनामा डेङ्गु सङ्क्रमण

धनगढी- तीन महिनामा कैलालीमा ४२३ जनामा डेङ्गु सङ्क्रमण भएको छ । वर्षायामको बेला अत्यधिक व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा यो वर्ष सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको छ । यो पालिकामा अहिलेसम्म डेङ्गुका बिरामीको सङ्ख्या १४१ पुगेको छ ।

Dadeldhura hospital

साउनमा महामारीकै रूपमा डेङ्गु फैलिएको लम्कीचुहा नगरपालिकामा ११३ जना व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको थियो । यस्तै बर्दगोरिया गाउँपालिकामा ७२ र टीकापुर नगरपालिकामा ४० जनालाई डेङ्गु सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजविक्रम शाहीले जानकारी दिए।

godawari10 Mahila hinsa
Navadurga sun

गोदावरी नगरपालिकामा २८, गौरीगङ्गामा सात, भजनी नगरपालिकामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी जोशीपुर गाउँपालिकामा छ, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा चाररचार, मोहन्याल गाउँपालिकामा तीन जनामा डेङ्गु सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयको असोज ३० गतेसम्मको तथ्याङ्कमा उल्लेख छ ।

कैलारी र चुरे गाउँपालिकामा भने डेङ्गुका बिरामी हालसम्म फेला परेका छैनन् । अहिले चिसो बढ्दै गएकाले डेङ्गुको नयाँ बिरामी फेला पर्ने क्रम घट्दै गएको सूचना अधिकारी शाहीले जानकारी दिए। उनका अनुसार दशैँपछि जम्मा १९ जना नयाँ बिरामी थपिएका छन् । दशैंँसम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या ४०४ थियो ।

Loading...