

बझाङ- बझाङमा एक युवक मृत भेटिएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडामा युवक मृत फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मंगलबार बिहानै रतालि टोलमा ४६ वर्षका प्रकाश जोशी (अम्मराज



जोशी) मृत भेटिएका थिए ।


बिहान करिब ८ बजेतिर स्थानीयले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

