डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीसँग माधव नेपालको भेट

काठमाडौँ – नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले व्यक्ति हत्याको अभियोगमा कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरेका छन् । डिल्लीबजार कारागारमा रहेका चौधरीले नेपालसँग आफूमाथि राजनीतिक व्यवहार नभएको र जेल मुद्दा नरिएको भन्दै गुनासो गरेका थिए ।

Dadeldhura hospital

‘चौधरीले आफूमाथि राजनीतिक व्यवहार नगरिएको बताउनुभयो । उहाँले त्यसैअनुसार आफ्नो बस्नेसहितको व्यवस्थापन नभएको भन्नेमा गुनासो रहेको थियो,’ नेपालले भने, ‘सरकारले छाड्ने सहमति गरेको तर त्यसको कार्यान्वयन नगरेकोमा गुनासो रहेको थियो ।’

Navadurga sun
Godawari sandesh

चौधरी उच्च अदालत दिपालयको फैसलापछि आजीवन कारावासमा रहेका छन् । २०७२ भदौमा कैलालीको टिकापुरमा भएको हिंसाको मुख्य योजनाकार रहेको ठहर गर्दै चौधरीलाई आजीवन कारावासको सजाय भएको छ । २०७४ सालको आमनिर्वाचनमा चौधरी कैलाली १ बाट निर्वाचित भएका थिए ।

Loading...