सुप समावेशीलाई शैक्षिक र खेलकूदका सामाग्री हस्तान्तरण

प्रकाशबहादुर बोहरा
अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी आधारभुत विद्यालय अत्तरियाले बडा दशै तिहार नेपाल सम्वत छठ पर्वको शुभकामना आदान प्रदान साथै विद्यालयलाई शैक्षिक र खेलकुदका सामाग्री हस्तान्तरण कार्यक्रम आयोजना गरिएको छ । परिलक्षित (फारवार्ड लुकिङ) काठमाण्डौको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

एक कार्यक्रमका बिच शुक्रबार उक्त शुभकामना कार्यक्रम गरिएको हो । विद्यालय व्यवस्थापन अध्यक्ष गौरी भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष डबल बहादुर साउँद रहेका थिए ।

त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथिमा विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँद, फेलमका प्रतिनिधी तथा फिलल्याण्डका नागरिक एलिना लिण्ड, परिलक्षीतका प्रतिनिधी लक्ष्मी श्रेष्ठ रहेका थिए । त्यस्तै कार्यक्रममा पुष्पा रोकाया, इप्म्याक्ट नेपालका प्रतिनिधी, सप्रोस नेपालका रेखा शर्मा, बिमला ओझा, सुप समावेशी आधारभूत विद्यालयका प्रधानाध्यापक देवी साउँद, बि.व्य.स.सदस्य बिष्ना बोहरा, शिक्षक/शिक्षिका, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

Dadeldhura hospital

उक्त कार्यक्रममा परिलक्षित काठमाण्डौले सुप समावेशी बिद्यालयमा अध्ययन रत शारिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा पहुँच अभिवृद्धि गर्नका लागि शैक्षिक सामग्री, खेलकूदका सामग्रीका साथै बालबालिकाहरुको स्वास्थ्यलाई मध्येनरत गरेर पोषण युक्ता खानेकुराको साथै विद्यालय पोशाक लगायतका सामाग्रीहरु बिद्यालयलाई हस्तान्तरण गरी सहयोग गरेको थियो ।

त्यस्तै यस परिक्षित काठमाण्डौले कैलाली जिल्लाका विभिन्न नगरपालिकामा शिक्षा क्षेत्रमा जोड दिनुको साथै अपाङ्गता भएका व्यक्तीहरुको रोजगारमा पहुँच अभिवृद्धि गर्नुको साथै अपाङ्गता बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर शिक्षामा पहुँच अभिवृद्धि गर्ने कार्यक्रम गर्दै आएको छ ।

सुदूरपश्चिम प्रदेशको एक मात्र अपाङ्गता भएका विद्यार्थीहरुका लागि पढाई हुने विद्यालय हो । अपाङ्गता सवालमा लागि परेका अपाङ्गता अभियान्ता मान वहादुर साउदको टिमको अनवरत प्रयासबाट सुरुमा २०६७ सालमा १० जना अपाङ्गता भएका विद्यार्थीहरुवाट सुरु गरेको यो विद्यालयमा वर्तमानमा ७२ जना अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

जसमा ३८ छात्र ३४ छात्रा रहेका छन् । सुदूरपश्चिम प्रदेशको ९ जिल्ला र हुम्ला, मुगु गरी ११ जिल्लाका बालबालिकाहरु यस विद्यालयमा अध्ययनरत छन् ।

Loading...