वडा सचिवलाई चुरोटको लत लागेपछि….

बझाङ- यतिवेला एउटा फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कार्यालय समयमा आफ्नो कुर्सीमा आसिन वडा सचिव एक सुरमा चुरोटको आनन्द लिइरहेका छन् । चुरोट यसरी तान्दै छन् कि मानौं उनी एक स्वाट्टमा नै चुरोट सक्काउने प्रतिस्पर्धामा छन् । अगाडिपट्टि कार्यालयका सबै फाइलहरु, प्रिन्टर र कम्युटरमा केही लेख्दै गरेको दृश्य फोटोमा देखिन्छ । अझ उक्त कार्यालयमा सेवाग्राहीहरु पनि छन् । जसले उक्त फोटो खिचेका थिए ।

Dadeldhura hospital

यो घटना बझाङको जयपृथ्वी नगरपालिका वडा नं १ को हो । जयपृथ्वी नगरपालिका वडा नं १ सदरमुकाम चैनपुरदेखि १४ किलोमिटर उत्तरपूर्वमा पर्छ । गाउँमा वडाको सुविधा सम्पन्न वडा कार्यालय पनि छ । तर, कर्मचारी र जनप्रतिनिधिहरु आफ्नो सहजताका लागि चैनपुरमा नै सम्पर्क कार्यालय बनाएर बसिरहेका छन् ।

Navadurga sun
Godawari sandesh

बैठक तथा भेलाको समयमा बाहेक अधिकांश समयमा यस वडाका जनप्रतिनिधि र कर्मचारीहरु चैनपुरमा नै बसेर काम गर्ने गरेको कैलाशका स्थानीयहरुको भनाइ छ । ‘गाउँमा रहेको वडा कार्यालयमा जाँदा कार्यालय सहयोगीबाहेक अन्य कर्मचारी र जनप्रतिनिधि भेटिँदैनन् । जनप्रतिनिधि र अन्य कर्मचारीलाई भेट्टाउन चैनपुर नै पुग्नुपर्छ’, एकजना स्थानीयले बताए ।

सदरमुकाम चैनपुरमा भएको सम्पर्क वडा कार्यालय वडा सचिव अजयबहादुर सिंहको घरमा राखिएको छ । सचिव सिंहको घरको एउटा कोठालाई सम्पर्क वडा कार्यालय बनाइएको छ । जहाँ सचिव सिंहले चुरोट उडाउँदै थिए । सिंहले कार्यालय समयमा नै चुरोट पिएको तस्वीर सार्वजनिक भएपछि उनी गल्तीको आत्मालोचना गर्नुको साटो आक्रोशमा उत्रिएका छन् ।

 

Loading...