कञ्चनपुरमा “प्रेस” लेखेको ज्याकेट लगाएका एक जना लागुऔषध सहित पक्राउ

कञ्चनपुर, २ जेठ– कञ्चनपुरमा “प्रेस” लेखेको ज्याकेट लगाएका एक जना लागुऔषध सहित पक्राउ परेका छन् । कञ्चनपुरको बेलडाँडीबाट सशस्त्र प्रहरीले लागु औषध सहित शुक्लाफाँटा नगरपालिका वडा नं. ४ बस्ने २५ वर्षीय नरेश प्रसाद जोशीलाई पक्राउ गरेको हो ।

Dadeldhura hospital

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्‍चनपुर मातहत बोर्डर आउट पोष्ट भुडा र झिलमिलाबाट खटिएको संयुक्त पैदल सीमा गस्ती टोलीले बेलडाँडी गाउँपालिका वडा वडा नं. ३ वैवाहबाट “प्रेस” लेखेको ज्याकेट लगाएका उनलाई पक्राउ गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

शनिबार दिउँसो भारतीय नागरिकबाट केही लिएको शङ्का लागि चेकजाँच गर्ने क्रममा जोशीको साथबाट अन्दाजी ७ ग्राम खैरो हिरोईन नामक लागु औषध, २ थान मोबाइल, १ थान क्यामेरा, ५ थान बैँक चेक, १ थान एटीएम कार्ड, १ थान सुदूर खबरको परिचय पत्र, १ थान प्रेस पास र मोटरसाइकलको ब्लु बुक समेत बरामद गरिएको छ । बरामद गरिएका सरसामान र पक्राउ परेका जोशीलाई आवश्यक कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्‍चनपुरले जनाएको छ ।

Loading...