

अत्तरिया- अनेरास्ववियुको ऐतिहासिक गोदावरी नगर सम्मेलन सोमबार अत्तरियामा सम्पन्न भएको छ । कैलालीको अत्तरियामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गोदावरी नगर कमिटी कैलालीको आयोजनामा देशभरिका प्रगतिशिल, देशभक्त तथा जनवादी बिद्यार्थीहरु एकजुट होऔं भन्ने मुल नाराका साथ नगर सम्मेलन सम्पन्न भएको हो ।


अनेरास्ववियु कैलालीका जिल्ला कमिटी सदस्य गणेशनाथ योगीको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार सदस्य डिल्लीराज भट्ट प्रमुख अतिथी रहनुभएको थियो ।



कार्यक्रममा एमालेका सुदुरपश्चिम सचिवालय सदस्य किसन सिंह साउँद, कैलाली जिल्लाका कार्यवाहक अध्यक्ष दुर्गा जोशी, अनेरास्ववियु सुदूरपश्चिम सदस्य लक्ष्मण साँउद रहनु भएको थियो । त्यस्तै एमालेका नेता खम्ब बुढा, गणेश जिमि साउँद, नगर उपप्रमुख शारदा रोकाया लगायतको सहभागिता रहेको थियो । बिद्यार्थी नेता पुष्पराज सुवेदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन नरेशनाथ योगीले गरेका थिए ।


कार्यक्रममा प्रमुख अतिथी रहनु भएका नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिसदका सदस्य भट्टले भातृ संगठनमा २३ वटा संगठन रहेको बताए । त्यो मध्ये यो अनेरास्ववियु पनि एक हो । मंसिर ४ गते हुनलागेको निर्वाचन एउटा लडाई हो । लडाई दुई किसिमले हुने बताउँदै एउटा लडाई हतियारको लडाई अर्को ब्यारेक (मतपत्र) बाट हुने बताए । उनले अगाडी थप्दै भने एउटा लडाई हतियार अर्को बिचारको लडाई हुने बताए । हामी बिचारको लडाईमा रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल शिक्षक संगठनका अध्यक्ष नरेन्द्र राज शर्माले अनेरास्ववियुले विद्यार्थीको हकहितका कुरा, अधिकारका कुरा, जेजति स्थापित भएका छ त्यसको अुगवायी र पहलकोकाम अनेरास्ववियुले गर्दैै आइरहेको बताए । जेजति कार्य गरेका छौं शिक्षा क्षेत्रमा, विद्यार्थीका हक अधिकारहरुमा तेस्रो पहरेदार, तेस्रो आन्दोलनको अगुवायी गर्ने एउटा मुल स्कीनमा रहेको ईतिहासिक आन्दोलनको रुपमा यो अनेरास्ववियु रहेको छ । यसको आफ्नै ईतिहास र गौरव समेत रहेको उनले बताए । यस अनेरास्ववियुमा जतिपनि भाईबहिनीहरु जोडिनुभएको छ यहाँहरु सबैलाई धन्यवाद समेत दिएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै अनेरास्ववियुका प्रदेश कमिटी सदस्य लक्ष्मण साउदले अनेरास्ववियु विद्यिार्थीहरु मध्येको सबैभन्दा गौरवशाली संगठन अनेरास्ववियु रहेको बताए । नगरसम्मेलनलाई सम्पन्न गरी शिक्षा सम्वन्धी बिकृती बिसंगतिको विरुद्धमा खण्डन गरिनेएउटा जुझारु टिम खडा गर्न गई रहेकाछौं । यसमा पढाईका साथसथै अनुरास्ववियुलाई अगाडी बढाउन समय दिन सक्ने साथीहरुले नगरकमिटिमा आउनुहुने छ भन्ने आशा समेत आफुले लिएको बताए । विद्यार्थीको हक अधिकारका लागि आवाज उठाउने नेता संगठनको रुपमा बि.स २०२२ सालमा स्थापित भएको थियो ।
त्यस्तै कार्यक्रममा गोदावरी नगरपालिकाका बिभिन्न बिद्यालयका क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता रहेको थियो। त्यस्तै विद्यार्थीहरुको हक अधिकारका लागि आवाज उठाउने नेता संगठनको रुपमा गोदावरीमा अनेरास्ववियुले आफ्नो ४१ सदस्सीय कमिटी गठन गरेको छ । जसको अध्यक्षमा दिपक राज अवस्थी चयन भएका छन् । उपाध्यक्षमा ववि चुनारा, तनुजा भट्ट चयन भएका छन् भने सचिवमा उमेश राज ओझा, कोषाध्यक्षमा बसन्ती अवस्थी र उपसचिवमा दिनेश पाण्डेय चयन भएका छन् । त्यस्तै ३५ जना सदस्य रहेका छन् । अत्तरिया स्थित प्रतिभा सामुदायिक पुस्तकालयमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।





