७२ वर्ष पुगे मोदी, प्रधानमन्त्री देउवाले दिए जन्मदिनको शुभकामना

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्। भारतीय प्रधानमत्री नरेन्द्र मोदीको आज ७२औं जन्मदिन हो।

मोदीको जन्मदिनका अवसरमा प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन्। प्रधानमन्त्री देउवाले भनेका छन्, ‘जन्मदिनको अवसरमा सुस्वास्थ्य एवं दिर्घायुको धेरै धेरै शुभकामना प्रधानमन्त्री नरेन्द्र मोदीजी। श्री पशुपतिनाथले सधैं रक्षा गरुन्।’

Navadurga sun

भारतभर आज सत्तारूढ भारतीय जनता पार्टीले मोदीको जन्मदिन मनाउँदै छ। अक्टोबर २ तारिखसम्म मोदीको जन्मदिनमा भाजपाले विविध कार्यक्रम गर्ने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...