कृष्णपुर नगरपालिका २ मा जग्गा नापनक्सा शुभारम्भ, भोली ९ मा नापनक्शा हुने

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.२ मा जग्गाको नाप नक्सा गर्नेकार्यको शुभारम्भ भएको छ । मंगलबार कृष्णपुर नगरपालिका वडा नं.२ को अठन्नीफाँटाबाट भुमीहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागी जग्गा नाप नक्सागर्न कार्यको शुभारम्भ भएको हो ।

Navadurga sun
Godawari sandesh

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यतामा उक्त कार्यको थालनी भएको छ । उक्त कार्यमा नगर प्रमुख स्वयमको यस्तो कार्य देखेर स्थानियले बाजागाजा सहित नगर प्रमुख ओझाको भव्य स्वागत समेत गरेका छन् ।

Dadeldhura hospital

कार्यक्रममा प्रमुख अतिथी रहनु भएको नगर प्रमुखले कृष्णपुर नगरवासीलाई जग्गाधनी पुर्जा छिटोभन्दा छिटो दिलाउन आफु दिनरात नभनी काम गर्न तयार रहेको बताए । आजको यस विशेष दिनमा वडावासीहरुसँगै आफुपनि खुसी व्यक्त गर्दै सम्पूर्ण वाडाबासीलाई बधाई दिन चाहन्छु भनेका छन् ।

त्यस्तै कृष्णपुर नगरपालिका वडा नं. १ को पुतलीबजारबाट पनि दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सा गर्ने कार्यको थालनि समेत गरिएको छ ।

त्यस्तै मंगलबार वडा नं. २ को अठन्निफाँटाबाट जग्गा नाप नक्साको कार्य शुभभारम्भ भैसकेकोर भोलि (बुधबार) दिउँसो १ बजे देखि वडा नं. ९ मा पनि जग्गा नाप नक्साको कार्य शुभारम्भ गरिने भएकोले वाडावासी सम्पूणर्मा जानकारी लागि अनुरोध समेत गरेका छन् ।

Loading...