पहिरोमा परेर दार्चुलाको नौगाडमा एक जनाको मृत्यु

दार्चुला- शुक्रबार रातिदेखि अविरल बर्षाका कारण दार्चुलाको नौगाड गाउँपालिका-१ सल्लामा खसेको पहिरोमा परेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी १३/१४ वर्षीय मदे ठगुन्ना मृत्यु भएको मृतकका काका भरत ठगुन्नाले जानकारी दिए।

Ganyapdhura gau
Dadeldhura hospital

मृतक मदेको शव पुरिएको अवस्थामा फेला परेको उनले बताए। शुक्रबार राति एक बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ।

Navadurga sun
Godawari sandesh

यस्तै पहिरोमा परेर सोही ठाउँकी अन्दाजी ३० वर्षीया किमडी ठगुन्ना बेपत्ता भएकी बताइएको छ। पहिरोले ७/८ ओटा घर पुरेकाले क्षतिको विवरण आउन बाँकी रहेको छ। लगातारको बर्षाले उद्धार कार्यमा समेत कठिनाइ भएको स्थानीयले बताएका छन्।अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको छ।

 

Couple
Loading...