प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरिएकी महिलाको उद्धार

धनगढी- प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट बिहीबार उद्धार गरिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका-५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका-१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

Navadurga sun

उनका अनुसार उद्धार गरिएकी महिलासहित डगौरालाई आवश्यक कारवाहीका लागि प्रहरीचौकी त्रिनगरमा बुझाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...