



धनगढी- धनगढी उपमहानगरपालिकामा नापी थालिएको छ । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि नापी थालिएको हो ।
शुक्रबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ बाट नापी कार्य थालिएकोमा आज वडा नं.१ मा नापी कार्य कार्य प्रारम्भ गरिएको जनाइएको छ ।
राष्ट्रिय भूमि आयोग र धनगढी उपमहानगर मार्फत नापी थालिएको हो । अब नापी कार्यले निरन्तरता पाउने जनाइएको छ ।





