

धनगढी- कैलाली धनगढी उप–महानगरपालिका वडा नम्बर–१८ को वडा कार्यलयमा तालाबन्दी गरिएको छ ।वडा कार्यलयले राजनितिक पुर्वाग्राही राखी ज्यालादारी कर्मचारीलाई निकालेको भन्दै स्थानिय राजनितिक दल र स्थानीय बासीले ताला बन्दी गरेका हुन् ।उक्त वडामा ज्यालादारी कर्मचारीको रुपमा रामप्रसाद चौधरी र सहबिर खड्कालाई कामबाट हटाएर अरु कर्मचारी राखेको भन्दै स्थानिय जनता र राजनितिक दलहरुले बिरोधसंगै तालाबन्दी गरेका हुन् ।


स्थानिय राजनितिक दलहरुले वडा कार्यलयमा ज्यालादारी कर्मचारी निकालिएको बिषयमा वडा अध्यक्ष भुवन रिजालसंग कारण मागेका थिएका थिए । वडा अध्यक्ष रिजालले स्पष्ट जफाब नदिएको र राजनितिक पुर्वाग्रहीले कर्मचारी कर्मचारी हटाएको भन्दै ताला बन्दी गरेको नेकपा माओवादी केन्द्रका नेता मुरारी अधिकारीले बताए ।


५ वषदेखि निरन्तर ज्यालादारीमा काम गर्दै आएका कर्मचारीलाई बिना कुनै जानकारी कामबाट हटाउनु गलत भएको नेपाली काँग्रेसका नेता लक्ष्मीप्रसाद देबकोटा बताए । कर्मचारी आबश्यक नभए हटाउनु स्वभाबिक भएको बताउदै देवकोटा कार्यरत कर्मचारी हटाएर सोहीपदमा अर्को कर्मचारी राख्नु सरासर गलत कार्य भएकोले तालाबन्दी गरीएको उनको भनाई छ ।
यता धनगढी उप–महानरपालिका वडा नम्बर–१८ का वडा अध्यक्ष भुवन रिजालले नगरसभाको निर्णय बहेक आफुले कुनै थप निर्णय नगरेको प्रतक्रिया दिएका छन् । वडा कार्यलयमा तालाबन्दी भएसंगै वडाको दैनिक कामकाज भने प्रभाबित भएको छ ।



