सशस्त्र प्रहरीद्वारा दश लाख बराबरको यार्सागुम्बा बरामद

बाँके– जिल्लाको जानकी गाँउपालिका–१ पञ्चपोखरा ईलाकाबाट सशस्त्र प्रहरीले करीब १० लाख रुपियाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ ।

Dadeldhura hospital

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सोमबार सशस्त्र प्रहरीले बरामद गरेको हो । यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त यार्सागुम्बा सोही ठाउँमा छाडेर भागेका थिए ।

Navadurga sun
Godawari sandesh

बरामद गरिएको यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगंज बाँकेमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

Loading...