डडेल्धुरा अस्पतालमा पाँचदिने नि:शुल्क शल्यक्रिया शिविर

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा पाँचदिने निस्शुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको छ। डडेल्धुरा अस्पतालमा विज्ञ शल्य चिकित्सकद्वारा निःशुल्क शिविर सञ्चालन गरिएको हो।

Dadeldhura hospital

शिविरको एक समारोहकाबीच प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहोराले उद्घाटन गरेका थिए। उक्त अवसरमा बोल्दै मन्त्री बोहराले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

Navadurga sun
Godawari sandesh

उनले सडक निर्माणलगायतका काम एकवर्ष ढिला भए पनि केही नहुने तर, स्वास्थ्य उपचार नपाए मानिसले ज्यान गुमाउनुपर्ने अवस्था भइकाले प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको दाबी गरे।

उनले आम नागरिकलाई समयमै उपचार पाउने गरि प्रदेश सरकारले स्वास्थ्यका संरचना निर्माण र व्यवस्थापनमा जोड दिएको बताए। निस्शुल्क शिविरमा आगोले पोलेका, ओठ, तालु फाटेकाहरुको शल्यक्रिया गरिने जनाइएको छ।

Loading...