श्रीमतीको घाँटी रेटी हत्या गरि श्रीमानले गरे आत्महत्या

चितवन– चितवनमा श्रीमतीको हत्या गरि श्रीमानलेआत्महत्या गरेका छन्। जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोकमा ३५ वर्षीया रुस्मा आचार्यका श्रीमान ४३ वर्षका कृष्णप्रसादले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

राति १० बजे घरमा बसेर मोबाइल हेरिरहेको समयमा पछाडिबाट धारिलो हतियार प्रहार कृष्णप्रसादले रुस्माको हत्या गरेको प्रहरीले जनाएको छ। श्रीमतीको हत्या लगत्तै घरको छतबाट श्रीमान् कृष्णप्रसादले हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

हाम फालेपछि कृष्णप्रसादलाई अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ। लामो समय विदेश बसेर कृष्णप्रसाद हालै स्वदेश फर्किएका जनाइएको छ।

Loading...