डडेल्धुराको आलितालमा युवक मृत फेला

Dadeldhura hospital

डडेल्धुरा– डडेल्धुराको आलिताल गाउँपालिकामा एक युवक मंगलबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। आलिताल– ४ घरेलुका तुलाराम मडैका २२ वर्षीय छोरा शेरबहादुर मडैको झुण्डिएको अवस्थामा शव फेला परेको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए।

अहिले इलाका प्रहरी कार्यालय जोगबुढाबाट इन्स्पेक्टरको टोली आएर शवको स्थलगत अनुसन्धान भइरहेको उनले बताए। मृतक मडैका डेढ वर्षका छोरा र श्रीमती छन्।

 

Navadurga sun
Godawari sandesh
Loading...