कैलालीको अत्तरियामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन मेयर भट्टले गरे

केही महिनामै सुकुम्बासीहरुलाई लाल पुर्जा दिने मेयर भट्टको भनाई

अत्तरिया, १८ जेठ– कैलालीको अत्तरियामा रहेको नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले गरेका छन् । उक्त उद्घाटन समारोहमा बोल्दै कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख भट्टले आफूले १० महिना भित्रमा लालपुर्जा वितरण गर्ने आट गरेको बताएका छन । गोदावरीमा हाल जग्गा नापीको काम जारी रहेको छ ।

‘अहिले तपाईहरुलाई लालपुर्जाको पनि खाचो छ त्यसका लागि आज मात्रै मैले काठमाण्डौंबाट टोली मगाएको छु’ मेयर भट्टले भने ‘भूमी आयोगको टोलीले गोदावरीमा आएको हो । मैले टोलीलाई सबैभन्दा पहिले गोदावरीबाट काम सुरु गर्न अनुरोध गरेको छु । ३ बर्ष भित्रमा सबैको हातमा लालपुर्जा दिनुपर्ने सरकारले लक्ष्य लिएको छ । तर, गोदावरीका दाजुभाइ दिदीबहिनीलाई १० महिना भित्र पुर्जा दिने छु भन्ने आट गरेको छु ।’
उनले कार्यक्रममा सहभागिहरुलाई आफ्ना समस्या ढुक्क संग आफूलाई सुनाउन आग्रह गरे । उनले भने ‘मेयर भएर बिरेन्द्र भट्ट परिवर्तन भयो भन्ने नठान्नु होला । म पहिले जस्तो थिए अहिले पनि त्यस्तै हो ।’
स्थानीय निर्वाचनमा निर्वाचित भएपछि पहिलो पटक धार्मीक कार्यक्रममा उपस्थित भएका मेयर भट्टले धार्मीक कार्यक्रमले आचरण सुधार र संस्कारी बनाउने बताए ।
उनले आफूले नगरपालिकाबाट नेपाल मानव धर्म सेवा समितिलाई सक्दो सहयोग गर्ने बताए । दुर्गा लक्ष्मी बहुमुखि क्याम्पस संचालनको अनुभव सुनाउँदै उनले सार्वजनिक संस्था संचालन गर्न पनि निकै चुनौतिपूर्ण भएको बताए । ‘मेरो लागि चुनौती धेरै छन । काम गर्नुपर्ने धेरै छन। बजेट सिमित छ’ उनले भने ‘तर, हामीले यस्ता धार्मीक संस्थालाई सहयोग गर्छौ ।’ बुधबार देखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ जेठ २४ गते सम्म संचालन गरिने जनाइएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नेपाल मानव धर्म सेवा समितिको आश्रमको भौतिक संरचना निर्माणका लागि आयोजना गरिएको श्रीमद्घागवत सप्ताह ज्ञान महायज्ञमा बाल ब्यास पंं श्री कपिल देव चालिसले भगवत कथा बाचन गर्ने महायज्ञ मुल समारोह समितिका अध्यक्ष राम बहादुर रिमालले जानकारी दिएका छन ।

महात्मा श्री क्षमा बाईजीको अध्यक्षतामा भएको कार्यक्रमा मेयर भट्ट संगै उपमेयर शारदा रोकाया लगायतका ब्यक्रिहरुको सहयागिता रहेको थियो । यसैबिच उक्त समारोहको अवसरमा स्व. कमल स्मृति सभा हलको समेत उद्घाटन गरिएको थियो ।

अत्तरियाकी धर्मी खड्काले आफ्ना स्वर्गिय श्रीमान कमल खड्काको स्मृतिमा निर्माण गरिएको निर्माण गरेको भवनको स्वयम धर्मी खड्काले उद्घाटन गरेकी थिइन । नेपाल मानव धर्म सेवा समिति अत्तरियाकी कोषाध्यक्ष इश्वरा आचार्यले उक्त सभा हलका लागि धर्मी खड्काले १ लाख ५० हजार सहयोग गरेकी थिइन ।

Loading...