डडेल्धुरामा पाठ्यपुस्तकको अभाव, विद्यार्थी समस्यामा

हरिश चन्द
डडेल्धुरा १८ जेठ– शैक्षिक सत्र शुरु भएर विद्यालयहरु खुलेका एक महिना भन्दा वढीहुदा पनि डडेल्धुरामा पाठ्यपुस्तकको अभावमा विद्यार्थी समस्यामा परेका छन्। विद्यालयहरुमा विद्यार्थी भर्ना गरिएपनि पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य जेन तेन अघि बढाउन खाजे पनि समस्या भईरहेको विद्यालयहरुले जनाएका छन् ।

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नयाँ शैक्षिक सत्र प्रारम्भ भइ सक्दासमेत डडेल्धुरामा पाठ्यपुस्त प्रर्याप्तरुपमा भित्रिएका छैनन् । गत वैशाख २ गते देखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाउनसकेका छैनन्। विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका छन् । पाठ्यपुस्तक नहुदा पढाईमा धेरै समस्या आएको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थी जोती आझाले दुखेसो पोखिन। करिव डेढ महिना वितिसक्दा समेत पाठ्यपुस्तक नहुदा सवै विद्यार्थे समस्या भोग्नु परेको उनको भनाई रहेको छ ।

पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य अघि बढाउन मुस्किल भएको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र सिह ऐरले बताएउनु भयो । ‘अहिले यो देश भरिको समस्या भएको छ । पाठ्यपुस्तक अउन केहि समय अझै लाग्ने र टेण्डर भईसको छ । पुराना पाठ्यपुस्तकको जोहजरि पठनपाठन गरिराखेका छौ र यो महिना भित्रै सबै पाठ्यपुस्तक पुग्ने उहाँले जानकारि दिनु भयो ।

डडेल्धुरामा २ सय ५१ सामुदायिक विद्यालयहरु रहेका छन् । अहिले सम्म पाठ्यपुस्तकका लागि सात वटै पालिका अन्तरगतका विद्यालयमा रकम गई सकेको र स्थानिय तहको चुनावका कारण पाठ्यपुस्तक छपाईमा ढिलाई भएको आफूहरुलाई जानकारी आएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारद जोशीले बताउनु भयो । डडेल्धुरामा २ सय ५१ सामुदायिक विद्यालयहरु रहेका छन् भने संस्थागत ३५लिद्यालय रहेका छन । संस्थागत विद्यालयले पाठ्यपुस्तक पाए पनि सामुदायिक विद्यार्थीले भने आंशिकरुपमा पाठ्यपुस्तक पाएका छन् ।

Couple
Loading...