कैलालीका पत्रकार चटौतको उपचारका लागि सहयोग संकलन शुरु

Dadeldhura hospital

धनगढी, ११ बैशाख- काठमाडौंमा उपचाररत कैलालीका पत्रकार पुष्पराज पीआर चटौतको उपचारका लागि सहयोग रकम संकलन अभियान सुरु गरिएको छ । प्रेस यूनियन कैलाली शाखाका अध्यक्ष श्रवण देउवाको नेतृत्वमा शनिबारदेखि सो अभियान शुरु गरिएको हो । अभियानको पहिलो दिन सञ्चारकर्मीहरुबाट झण्डै १६ हजार नौ सय १५ रुपैया संकलन गरिएको छ ।

संकलित रकमलाई नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीलाई हष्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल र प्रेस यूनियन कैलाली शाखा अध्यक्ष देउवाले संयूक्त रुपमा महासचिव पुरीलाई रकम हष्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै महासचिव पुरीले पत्रकारको स्वास्थ्य उपचारका लागि संकलित रकम भेटेर हष्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Loading...