कञ्चनपुरको एक होटलमा युवक मृत फेला, एक जना नियन्त्रणमा

कञ्चनपुरको एक होटलमा एक युवक मृत फेला परेका छन् । महेन्द्रनगरमा रहेको नाइन इलेभन होटलमा भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठाभित्र मृत भेटिएका हुन् ।

Dadeldhura hospital

मंगलबार गएराती साथीहरुसंग होटलमा बसेका पाण्डेय आज बिहान बेडमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

‘शरिरमा बाहीर देखिने चोटपटक लागेको छैन्, डीएसपी शाहले भने-प्रारम्भीक अनुसन्धानबाट युवक लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ ।,’ मृतकसंगै रहेका युवक आशिष चन्दलाई प्रहरीले सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक युवकसंग अन्य साथीहरु पनि रहेको हुँदा उनीहरुको खोजी भइरहेको डिएसपी शाहले बताए । घट्ना सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...