भोलिदेखि देशभर नयाँ भर्ना अभियान शुरु, जेठ १ बाट पठनपाठन

सरकारले भोलि (शुक्रबार)देखि देशभर नयाँ भर्ना अभियान थाल्ने भएको छ। नयाँ भर्ना अभियान थाल्न स्थानीय तह र सबै विद्यालयलाई निर्देशन दिइसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ।

Ganyapdhura gau

विकास केन्द्रका प्रवक्ता डिल्ली लुइँटेलका अनुसार भोलिदेखि वैशाख ३१ गतेसम्म सामुदायिक तथा निजी विद्यालयहरूले नयाँ भर्ना लिनेछन्। यसका लागि गत चैत्र २१ गते नै सूचना जारी गरेर स्थानीय तह र विद्यालयलाई जानकारी गराएको उनले बताए।

Navadurga sun
Godawari sandesh

यसरी हुनेछ भर्ना अभियान
नेपालमा कोभिड–१९ प्रवेश गर्नुअघि वैशाख १ गते नारा जुलुस नै गरी नयाँ भर्ना अभियान सञ्चालन थियो। कोभिड महामारी चलेपछि अघिल्ला भर्ना अभियान प्रभावित भयो। वैकल्पिक माध्यमबाट भर्ना कार्यक्रम गरिएको थियो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले पनि भाइबर, म्यासेन्जर, टेलिफोनबाट भर्ना लिएको थियो।

Dadeldhura hospital

पछिल्लो समयमा भने परिस्थिति सहज बन्दै गएको छ। त्यसै कारण योपटकको नयाँ भर्ना अभियान स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा गरिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए। सकेसम्म पहिला जस्तो नारा जुलुस भने नगरिने उनको भनाइ छ। विकास केन्द्रका अनुसार नयाँ भर्नाका लागि स्थानीय तहको शिक्षा शाखाका कुनै एक कर्मचारीलाई सम्पर्क व्यक्ति तोकिने छ।

​उसैले सूचना समन्वय र सहजीकरण गर्नुपर्ने छ र गर्ने छ। स्थानीय एफएम रेडियो लगायत स्थानीयस्तरको सञ्चारमाध्यमबाट सकेसम्म स्थानीय भाषामा विद्यार्थी भर्ना सम्बन्धी चेतनामूलक सूचना विज्ञापन प्रशारण पनि स्थानीय तहले गर्नुपर्ने छ। त्यस्तै स्थानीय तहले अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना गराउने र त्यस्ता बालबालिकाको पढाइमा निरन्तर सहयोग गर्ने चाहनेहरूको उचित पहिचान र सम्मान तथा अभिलेख राख्ने व्यवस्था गर्नुपर्ने छ।

त्यस्ता व्यक्तिहरू विद्यालय तहमा आएमा स्थानीय तहलाई जानकारी दिनुपर्ने विकास केन्द्रका प्रवक्ता लुइँटेलले बताए। उनका अनुसार विद्यालयहरूले पनि एकजना शिक्षक विद्यार्थी भर्ना कार्यक्रमको सम्पर्क व्यक्ति तोक्नेछन्। जसले भर्नाको सूचनाको समन्वय गर्नेछ। त्यस्तै विद्यालयले पनि आफ्नो क्षेत्रभित्र भर्नाका लागि प्रचारप्रसार गर्नेछन्। सामुदायिक विद्यालयले भर्ना हुन आउने बालबालिकाहरूलाई तत्काल भर्ना गरी स्वागत गर्ने र निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने छ।

जेठ १ गतेबाट पठनपाठन
कोभिडका कारण अझैसम्म शैक्षिक सत्र व्यवस्थापन हुन सकेको छैन। २०७८ सालको चालू शैक्षिक असार १ गते शुरु भई चैत मसान्तसम्म कायम गरिएको थियो तर पाठ्यक्रमको कोर्ष नसकिएपछि वैशाखसम्म नै समय कायम भयो। ‘यो वैशाख महिनासम्म वार्षिक परीक्षा सकाएर नतिजा पनि प्रकाशन गर्नुपर्ने छ। जेठ १ गतेबाट भने देशैभर पठनपाठन शुरु हुन्छ,’विकास केन्द्रका प्रवक्ता लुइँटेलले भने। अहिले निजी तथा सामुदायिक विद्यालयहरूले कक्षा १,२,८,९ लगायत तहका वार्षिक परीक्षा धमाधम लिइरहेका छन्।

Couple
Loading...