नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १२ औ जिल्ला अधिवेशन सुरु

कञ्चनपुर, ११ चैत– नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १२ औ जिल्ला अधिवेशन सुरु भएको छ । कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा संगठनका राष्ट्रिय समिति उपाध्यक्ष तुला बहादुर थापाले अधिवेशन उद्घाटन गरेका छन् । गौरवशाली विगत चुनौतिपूर्ण वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन भन्ने नारा सहित सुरु अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिनेछ ।

संगठनका जिल्ला अध्यक्ष भवानी चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा नेकपा एमाले कञ्चनपुरका अध्यक्ष एबम् भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, नेपाल बुद्धिजीवि परिषद् कञ्चनपुरका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेय, नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका उपाध्यक्ष दिनेशराज भट्ट, सार्क एजुकेशनका सुशिल अधिकारी, शिक्षकका ट्रेडका नेताहरु उज्वल धानुक, बिष्णुदत्त भट्ट, नबिन धामी, प्रगतिशील लेखक संघ सुदूरपश्चिमका उपाध्यक्ष जगदीश ओझा, महाकाली साहित्य संगमका अध्यक्ष हरिश प्रसाद जोशी, शिक्षक संगठनका केन्द्रीय सदस्य भागरथी धामी, संगठनको सुदूरपश्चिम प्रदेशका अध्यक्ष नर बहादुर रावल, वरिष्ठ उपाध्यक्ष दामोदर भट्ट लगायतले शुभकामना मन्तव्य राखेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा १७ जना सेवा निवृत शिक्षक तथा कोरोना महामारीमा दिवंगत ५ जनालाई मरणोपरान्त सम्मान तथा नगद ५ हजार सहयोग प्रदान गरिएको छ । संगठनका जिल्ला सचिव बीरराम सार्कीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष वेद प्रसाद उपाध्यायले स्वागत मन्तव्य राखे ।

कञ्चनपुर जिल्ला भरिबाट अधिवेशन प्रतिनिधि सहभागी रहेको उक्त कार्यक्रममा ५७ जना शिक्षकलाई संगठनको आजीवन सदस्यता प्रदान गरिएको छ ।

जिल्ला अधिवेशनको कार्यक्रम अनुसार दुई दिनसम्म चल्नेछ । कार्यक्रममा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन लेखा परिक्षण प्रतिवेदन , सहकारी र समसामयिक प्रस्ताव तथा प्रतिवेदनहरू माथि छलफल हुनुका साथै आगामी कार्यकालका लागि जिल्ला समितिको गठन हुने संगठनद्वारा वितरित कार्यक्रम पुस्तिकामा उल्लेख गरिएको छ ।

Loading...