कञ्चनपुरको बैजनाथ मन्दिरमा मेला लाग्ने

कञ्चनपुर, २७ फागुन- कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मणिका धाम ‘मुडका’ स्थित बैजनाथ मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ । शुक्लपक्षको नवमीका दिन राति पूजाआजा सँगै दशमीका दिन मणिधाममा मेला लाग्ने गर्दछ ।

मेलालाई व्यवस्थित र मर्यादित बनाउनका लागि सवारी धनी र यात्रुले ट्राफिक नियमको पालना गर्न लगाउने, मेलास्थलमा व्यापार व्यवसाय र होटेल व्यवसाय गर्ने व्यवसायीले तोकिएको स्थानमा मात्रै व्यवसाय सञ्चालन गर्ने, खाद्यवस्तुमा अखाद्य सामग्रीको प्रयोग नगर्ने, मेला स्थलमा धुमपान मध्यपन बिक्री वितरण र प्रयोगमा पूणर् रुपमा रोक लगाउने मेला समितिले निणर्य गरेको छ । जुवा, तास, कौडा, चिठ्ठा जस्ता गतिविधि गर्न नपाइने, मेला लाग्ने स्थान वन क्षेत्रमा भएकाले वन्यजन्तुको बासस्थानमा खलल पार्ने कार्य नगर्ने, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाने लगायतका कुराको प्रचारप्रसार गरी श्रद्धालुलाई सजग पार्ने निणर्य समेत गरिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

वृद्धवृद्धा र फरक क्षमता भएका तथा सामाजिक हिसाबले सुरक्षा गर्नुपर्ने श्रद्धालु भक्तजनलाई पहिलो प्राथमिकतामा राखी मन्दिरमा दर्शनको व्यवस्था गरिएको छ । मेला भर्नका लागि डडेल्धुरा कैलाली कञ्चनपुर सहित निकटवर्ती भारतीय क्षेत्रका दशनार्थी मणिका धाममा दर्शनका लागि पुग्ने गरेका छन् । मेलामा प्रतिवर्ष दुई लाख बढी दर्शनार्थी मणिका धाम क्षेत्रमा सिद्धनाथ वैजनाथ बाबाको दर्शनका लागि पुग्ने गर्दछन् ।

मेलामा गएरातिदेखि नै व्यापारका लागि यस क्षेत्रमा छिमेकी जिल्ला कैलाली र निकटवर्ती भारतीय क्षेत्रबाट दर्जनौँ व्यापारी पुग्ने क्रममा जारी रहेको छ । मणिका धाम क्षेत्रको दर्शन गरेमा मनोवाञ्छित फल पाइने जनविश्वासका कारण दर्शनार्थीको भीड लाग्ने गरेको छ । मणिका धामलाई यस क्षेत्रका स्थानीय बासिन्दाले मुड्काका नामले चिन्दछन् ।

धाम क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ रहेको छ । थारु भाषामा ‘मुड’ भन्नाले शिरलाई बुझ्ने गरिएकाले सबैभन्दा अग्लो भाग भएकाले मुड शब्दको अप्रभंश भई मुडका भएको एकथरीको भनाइ रहेको छ । पहाडबाट मौसमी रुपमा बसाइँ सारेर झर्ने व्यक्तिले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आएपछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक धरोहरका रुपमा विकसित हुँदै गएको वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका डम्बरबहादुर ऐरले बताए ।

मेलाका अवसरमा नगरपालिकाअन्तर्गतका सरकारी तथा गैरसरकारी संस्थामा आज बिदा दिइएको छ । ‘प्रतिवर्ष मेलाका लगि बिदा दिइँदै आएको छ’, नगरप्रमुख दिलबहादुर ऐरले भने, ‘यस वर्ष पनि त्यसलाई निरन्तरता दिएका छौँ ।’ शनिबारका दिन मेला लाग्ने भए पनि नगरपालिकाले भने शुक्रबार नै बिदा दिएको छ ।

Loading...