कैलालीकाे अत्तरियामा सुबिधा सम्पन्न पार्टी प्यालेस संचालनमा
७५ लाखको लगानीमा नमस्ते हाेटेलको पार्टी प्यालेस


अत्तरिया– कैलालीको अत्तरियामा ५ सय जना सम्म अट्ने सुबिधा सम्पन्न पार्टी प्यालेस संचालनमा आएको छ । गोदावरी नगरपालिका वडा नं २ अत्तरिया बजारमा रहेको नमस्ते होटलले आफ्नो सेवा सुबिधाहरु बढाउदै झण्डै ५ सय जना सम्म अटाउने सुबिधा सम्पन्न पार्टी प्यालेस आजवाट संचालनमा ल्याएको हो ।






नमस्ते होटलका संचालक लक्ष्मण धामीकी आमा किगडी देवी धामीले उक्त उक्त पार्टी प्यालेसको उद्धघाटन गर्नुभएको हो । सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएपछि अत्तरिया क्षेत्र क्षेत्रमा होटल तथा अन्य ब्यबसायी कृयकलापहरु बढ्दै गएपनि एउटा सुबिधायुक्त पार्टी प्यालेस नहुदाँ ठूला खालका सभा सम्मेलन तथा बिवाह , ब्रतबन्ध लगायतको पार्टीका लागि अन्यन्त्रै जानुपर्ने बाध्यता रहेको थियो । यही बाध्यतालाई मध्यनजर गर्दै होटेल नजिकै भाडामा जग्गा लिएर आधुनिक सुबिधा सहितको पार्टी प्यालेस संचालनमा ल्याएको नमस्ते होटल तथा पाटी प्यालेसका संचालक लक्ष्मण धामीले जानकारी दिए । पाटी प्यालेसमा कार्यक्रम गर्न स्टेजको सुबिधा, फ्रि वाईफाई , एसी, गुणस्तरिय साउण्ड सिस्टम, सफा र ताजा खाना, गुणस्तरिय सर्भिस, पारिवारिक वाताबरण सहितका सेवा सुबिधाहरु रहको उनले बताए ।

अत्तरिया क्षेत्रमा आयोजना हुदै आएका ठूलो कार्यक्रमहरु सभाहलको अभावका कारण सडक र जंगलको खाली जमिनमा गर्नुपर्ने बाध्यता आफुले देखेपछि सबैको सेवा सुबिधाका लागि उक्त पाटी प्यालेस संचालनमा ल्याएको उनले बताए ।
उक्त पाटी प्यालेस निर्माणमा ७५ लाख रुपैया कुल खर्च लागेको उनको भनाई छ । अब बिहे, ब्रतबन्द, पार्टी, सभा, गोष्टी, सेमिनार तथा ठूला कार्यक्रमका गर्नका लागि अन्यत्र जानुपर्ने बाध्याता हटेको यस क्षेत्रका स्थानियहरुले बताएका छन् । २० बर्ष सरकारी जागिरमा बिताएका संचालक धामीले २०७० सालदेखी होटल ब्यबसायी सुरु गरेका थिए । उनले २०७५ साल असोज ३ गते अत्तरियामै सुबिधा सम्पन्न नमस्ते होटल संचालन गर्दै यस क्षेत्रमा सेवा दिंदै आएको छन् । उदघाटन कार्यक्रममा क्युरेक्स डान्स एकेडेमी अत्तरियाले बिबिध मनोरन्जनका कार्यक्रम समेत गरेको थियो । कार्यक्रमको संचालन क्युरेक्स डान्स एकेडेमीका निर्देशक हरिश खडायतले गरेका थिए ।