सुदूरपश्चिममा थप १०९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार एक हजार १८३ जनाको एन्टिजेन र एक सय २१ जनाको पीसीआर परीक्षण गर्दा आज १०९ जनामा संक्रमण पुष्टि भएको हो।

सोमबार संक्रमण पुष्टि भएकामध्ये २५ जना आज नै भारतबाट फर्केका नागरिक हुन्।

Navadurga sun

सोमबार सुदूरपश्चिमका नाका भएर ९३४ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा दुई हजार ५०९ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ६४ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...