नयाँ वर्ष २०७८ सुरु, आज सार्वजनिक बिदा

सुदूरपश्चिममा बिसु पर्वको रौनक, सिस्नुपानी छ्यापेर विसु पर्व मनाउँदै

प्रकाश बहादुर बोहरा/अत्तरिया, १ बैशाख- नेपाली पात्रोअनुसार, विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल प्रारम्भ भएको छ । नयाँ वर्षको पहिलो दिन आज वैशाख १ गते स्वदेश र विदेशमा रहेका नेपालीबीच एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष वैशाख १ गते उत्साह र उमङ्गका साथ मनाइँदैछ ।

सरकारले नयाँ वर्षको उपलक्ष्यमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थालगायत सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको राम्रा/नराम्रा कामहरुलाई सम्झिदै नयाँ बर्षमा सफलता पाउन नयाँ योजना र जोस जागरका साथ कामको सुरुवात गर्ने गर्दछन् ।

Navadurga sun

यस अवसरमा आज बिहानै स्नान गर्ने, घर-आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ । नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एकआपसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ।

त्यसैगरी आज सुदुरपश्चिम प्रदेशमा सुदूरपश्चिमको छुट्टै मौलिक पर्वका रुपमा रहेको बिसु पर्वको रौनक छाएको छ । हरेक वर्षको अन्तिम दिन र वर्षको पहिलो दिन गरी दुई दिन सम्म यो पर्व मनाउने गरिन्छ । वर्षको अन्तिम दिनलाई बिदाई गर्दै र नयाँ बर्षको सुरुको दिनलाई स्वागत गरेर बिसु पर्व मनाउने चलन रहेको छ ।

देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर विसु पर्व मनाइन्छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छाला सम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ ।

हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै बिसुपर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ ।
बिसुपर्वमा बर्षको अन्तिम रात आफन्त परिवारजन सँगै बसेर मिठो मसिनो पकाएर खाने, सँगै रमाइलो गर्ने र वर्षभरिको समीक्षा गर्ने गरिन्छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...