बाजुराको हिमाली गाउँपालिकाले बाँड्यो धुवाँरहित चुह्लो

बाजुराको हिमाली गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा धुवाँरहित सुधारिएको चुह्लो वितरण गरेको छ ।पालिकाको वडा नम्बर ३ र ४ का दलित एवं जनजाति तथा विपन्न समुदायका १२७ परिवारलाई धुवाँरहित सुधारिएको फलामे चुह्लो वितरण गरेको हो ।

गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा धुवाँरहित सुधारिएको चुह्लो वितरण गरिएको पालिका अध्यक्ष गोविन्द बहादुरमल्लले बताए ।दुर्गम तथा पिछडिएको क्षेत्रका स्थानीयको सहजताका लागि केन्द्रको सहकार्यमा सुधारिएको चुह्लो वितरण गरिएको उनको भनाइ छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

परम्परागत चुह्लो विस्थापित गर्न, विपन्न महिलाको स्वास्थ्यप्रति सचेत भई दाउरालगायत अन्य इन्धनको खपत कम गर्ने उद्देश्यले सुधारिएको फलामे चुह्लो वितरण गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए ।

दाउरा प्रयोग गरी छिटोछरितो र धुवाँरहित घरको वातावरणमा खाना पकाउन सकिने, चिसो स्थानमा समेत घर तताउन उत्तम हुने र दम, मुटु, छातीलागयत दीर्घरोगी विभिन्न स्वास्थ्य समस्याबाट जोगाउन उक्त चुह्लोले सहयोग पुग्ने उनको भनाइ छ ।

पालिकाको पहलमा विभिन्न दलित बस्तीमा यसअघि नै धुवाँरहित सुधारिएको चुह्लो वितरण गरिसकिएको र बाँकी बस्तीमा आगामी दिनमा वितरण गर्ने योजना रहेको उनले जानकारी दिए ।

Loading...