हिमपातले अवरुद्ध जयपृथ्वी राजमार्ग चार दिनपछि खुल्यो

हिमपातका कारण अवरुद्ध बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज चार दिनपछि खुलेको छ। बिहीबारदेखि अवरुद्ध उक्त राजमार्ग आज मध्याह्न १२ बजेदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

उक्त राजमार्गको खोड्पे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायत स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबारदेखि बाटो बन्द रहेको थियो। खड्काले भने, “दुई स्काभेटरको प्रयोग गरी राजमार्ग सञ्चालन गरिएको छ, यसअघि लगातारको हिमपात र सडकमा बाक्लो हिउँ जमेकाले ढिलाइ भयो।”

Navadurga sun

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरालगायत बैतडी र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुबाहक तथा मालबाहक सवारी साधन आआफ्नो गन्तव्यतर्फ लागेका छन्। यसअघि बिहीबारदेखि नै अवरुद्ध रहेको यहाँका दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग भने शुक्रबार दिउँसोपछि सञ्चालन भएका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...