हिमपातले जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध

हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ। राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको हो।

Dadeldhura hospital

बिहीबार दिउँसोदेखि राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवहाक तथा मालवहाक सवारी साधनबीच बाटोमै रोकिएका छन्। जसका कारण यात्रुहरु अलपत्र परेका छन्।

Navadurga sun
Godawari sandesh

अवरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। ‘दुई जेसिबीको प्रयोग गरी राजमार्ग सुलाउन हिउँ पन्छाउन थालिएकोछ,’ उनले भने‚ ‘बाक्लो हिउँ जमेकाका कारण ढिलाई भएको छ, आज मध्यान्हपछि सञ्चालनमा आउन सक्छ।’

यसअघि बिहीबारदेखिनै अवरुद्ध रहेको यहाँका दशरथचन्द राजमार्ग, र महाकाली राजमार्ग भने शुक्रबार दिउँसोपछि सुचारु भएका थिए।

Loading...