वैशाख ११ गते धरहरा उद्घाटन गर्ने तयारी

काठमाडौँ– गोरखा भूकम्पको ६ वर्षको अवसरमा ११ वैशाखमा निर्माणाधीन धरहरा उद्घाटन गर्ने तयारी गरिएको छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प गएको ६ वर्ष पुगेको अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताए। “भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रूपमा धरहरालाई आगामी वैशाख ११ गते उद्घाटन गरिनेछ,” ज्ञवालीले भने।

भूकम्पले भत्किएका ९३ प्रतिशत घर पुनःनिर्माण सम्पन्न हुन लागेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए। भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था, ८०० किमी सडक पुनःनिर्माण सम्पन्न भएको उनले बताए। सम्पदाका मौलिक एवं आकर्षक कलाकृति जोगाउन भूकम्पपछि प्रबलीकरणको प्रविधि भित्रिनु सुखद विषय भएको ज्ञवालीको भनाइ छ।

Navadurga sun

१२ वैशाख, २०७२ गएको गोरखा भूकम्पले धरहरा भत्किएको थियो। धरहराको भग्नावशेषलाई संरक्षण गरेर नयाँ धरहरा निर्माण गरिँदै छ। नयाँ धरहरा २२ तले बन्दै छ। अहिले सबै तलाको ढलान गरिसकिएको छ। ९५ प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...