बैतडीमा मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरू

बैतडी, १७ माघ– बैतडीमा १२ देखि १७ वर्ष उमेर समूहकालाई सोमबार देखि मोडर्ना खोपको दोस्रो डोज दिन सुरु गरिएको छ । गत महिना यहाँका १२ देखि १७ वर्ष उमेर समूहका करिब ३२ हजारलाई मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो ।

Dadeldhura hospital

गत महिना मोडर्ना खोपको पहिलो मात्रा लगाएकाहरूलाई दोस्रो मात्रा दिन सुरू गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहमा आवश्यक खोप पठाइसकिएको उनले बताए । दोस्रो मात्रा दिन स्थानीय तहहरूले सम्बन्धित विद्यालयहरुसँग समन्वय गरेर खोप अभियान सञ्चालन गरिएको हो ।

प्रत्येक स्थानीय तहका विद्यालय र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र सञ्चालन गरिएको छ । बैतडीमा हालसम्म १ लाख ४० हजार २२५ जनाले खोपको पहिलो मात्रा लगाएक छन् भने १ लाख ६ हजार २५२ जनाले पूर्ण खोप लगाएका छन् । भारतसँग सीमा जोडिएको बैतडी कोरोनाको जोखिममा रहेको छ । यहाँ संक्रमणका कारण हालसम्म १९ जनाको मृत्यु भइसकेको छ ।

Loading...