गाेदावरी वडा नं २ वाट अत्तरिया फुटबल एकेडमीका महिला खेलाडीहरुलाई जर्सी सहयोग


- अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नं २ को कार्यालयले नगरपालिकाको एक मात्र महिला फुटबल टिमलाई जर्सी सहयोग गरेको छ ।


आज एक अनौपचारिक कार्यक्रमका बिच वडा नं २ का वडा सदस्यद्धय कमल कडायत र संगिता बि.क.ले अत्तरिया फुटबल एकेडमीमा रहेका महिला खेलाडीहरुलाई जर्सी हस्तान्तरण गरेका हुन्।



खेलकुद शिषर्कमा वडा कार्यलयवाट बिनियोजित बजेटवाट १८ महिला खेलाडीहरुका लागि १८ थान जर्सी सहयोग गरिएको वडा सदस्य कमल कडायतले बताए । गोदावरी नगरपालिका भित्र रहेका एक मात्र महिला खेलाडीहरुलाई प्रोत्सहान दिन र प्रशिक्षण गर्न सहज होस भन्ने उदेश् यका साथ सानो भएपनि वडाका तर्फवाट जर्सी सहयोग गरिएको बताए ।
उनले नगरपालिकामा महिला खेलाडी न्यून भएकाले उनीहरुलाई प्राथमिकतामा राखेर वडाबाट सहयोग गरिएको बताए । उनले आगामी दिनमा महिला खेलाडीहरुको विकासका लागि आवश्यक सहयोग गर्दै जाने बताए । वडा कार्यलयका तर्फवाट जर्सी सहयोग पाएपछि अत्तरिया फुटबल एकेडमीका अध्यक्ष संजय ओझाले खुसी ब्यक्त गरे ।
उनले महिला फुटबल खेलाडीको टिमलाई देशभर चिनाउन र आफ्नो टिमको बलियो उपस्थिती गराउन अहिले फुटबल एकेडेमीको स्थापना गरेको बताए । “हाम्रो महिला टिम र फुटबल एकेडेमीलाई स्थानिय सरकारको पनि साथ पाउँदा हामी निकै खुसी भएका छौ ” उनले भने – “यसका लागि वडा कार्यालयलाई धेरै धेरै धन्यवाद दिन चहान्छु , आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा गर्दछौ ।”
यही चैत महिनामा दर्ता भएको एकेडमीमा अहिले ६० जना महिला खेलाडी र बाकि पुरुषहरु गरि १ सय २० जना खेलाडीहरुले प्रशिक्षण लिईरहेका छन् ।