हायस दुर्घटना : घाईते १६ जनाको पहिचान खुल्यो

अत्तरिया, १० माघ– कैलाली हायस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । अत्तरियाबाट धनगढीतर्फ आइरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायसले ल ना ४ ख १९१५ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा पाठक पेट्रोल पम्प नजिक दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार ६ लेन सडकमा हायसले ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उनले दिएको जानकारी अनुसार दुर्घटनामा हायस चालक गौरीगंगा नगरपालिका-९ बस्ने ३५ वर्षीय धर्मराज जोशी, धनगढीकी अम्रिता चन्द, दिपिका जोशी, विमला जोशी, कञ्चनपुर भीमदत्त नगरपालिका-१९ की शारदा भट्ट, गोविन्द भट्ट, शुक्लाफाँटा नगरपालिकाका मणी जोशी, रमेश जोशी र पुष्पा भट्ट घाइते भएका हुन् ।

यस्तै भारतको लखनउ बस्ने चन्द्री रावत, महेन्द्र रावत, अविजित रावत, रुपन हरिजंग, किशोर हरिजंग, प्रेम कुँवर र रजनी हरिजंग पनि घाइते भएका छन् ।

डिएसपी पोखरेलले घाइतेमध्ये चालक जोशी र धनगढीकी विमला जोशीको अवस्था मध्यम रहेको र बाँकीको सामान्य छ । घाइतेको धनगढी र अत्तरियाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Loading...