

धनगढी- कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ। कैलालीको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ९९ हजार ६०० बराबरको विभिन्न किसिमका पटाका बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।




यसैगरी कञ्चनपुरको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छील गरी ल्याएका अन्दाजी मूल्य ३० हजा ८०० बराबरको विभिन्न किसिमका पटाका र किराना सामान लगायत बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।




